एमालेको राष्ट्रिय महाधिवेशनमा विद्युतीय मतदान हुने

डिसी नेपाल
५ कार्तिक २०७८ २०:३९
60
Shares

काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशनमा विद्युतीय मतदान हुने भएको छ । च्यासलमा बसेको स्थायी कमिटी बैठकले आगामी मंसिरमा चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा विद्युतीय मतदान गराउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘बैठकले १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गर्ने निर्णय गरेको छ’, उनले भने, ‘यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेका छौँ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.