एमालेले थप्यो दुई केन्द्रीय सदस्य, भीम रावलको असहमति

डिसी नेपाल
५ कार्तिक २०७८ २१:१५
2.4k
Shares

काठमाडौं । नेकपा एमालेले केन्द्रीय समितिमा दुई जना मनोनीत गरेको छ ।

च्यासलमा सम्पन्न स्थायी समिति बैठकले रौतहटका कुन्दन कुशवाहा र बाराका मोहमद समीरलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय पनि गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

यो निर्णयमा १० बुँदे सहमति कार्यान्वयन कार्यदलका संयोजक भीम रावलले असहमति जनाएका छन् । विधि-पद्धति भन्दा पनि प्रभु साहले भनेको भनेर मनोनीत गरिएकामा उनले अहसमति जनाएका हुन् ।

यो निर्णय १० बुँदेको विपरीत भएको उनको भनाइ छ । ‘कुनै छलफल नगरी, विधि-पद्धतिबिना दुई जना राख्ने कुरामा मेरो असहमति छ’, उनले भने




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.