अनलाइनबाट पढिरहेका बालकको हातमै मोवाइल पड्किँदा जिउँदै जलेर मृत्यु

डिसी नेपाल
६ कार्तिक २०७८ ११:२७
196
Shares

काठमाडौं। कोरोनाभाइरस महामारीका कारण अहिले धेरै कामहरु अनलाइनमार्फत भइरहेका छन् । कार्यालयको काम, बैठकदेखि विद्यार्थीहरुको कक्षा समेत अनलाइनबाटै चलिरहेको छ । भियतनाममा यसैगरी अनलाइनबाट कक्षा लिइरहेका एक बालकको हातमा मोवाइल फोन पड्किँदा उनको मृत्यु भएको छ । ११ वर्षका यी बालक मोवाइल चार्जमा लगाएर अनलाइन कक्षा लिइरहेका थिए । यही क्रममा अचानक मोवाइल पड्किएपछि उनको जलेर मृत्यु भएको हो ।

द सनको एक रिपोर्टअनुसार भियतनाममा कोरोना संकटका कारण अनलाइन कक्षामार्फत पढाइ भइरहेको छ । यस्तोमा ११ वर्षका ती बालक स्कुलले पठाएको लिंकको माध्यमबाट घरबाटै अनलाइन कक्षामा भाग लिइरहेका थिए । भियतनामका एक शिक्षा अधिकारीका अनुसार ती बालक मोवाइल चार्जमा लगाएर पढिरहेका थिए । उनले कानमा इयरफोन पनि लगाएका थिए । यही बीचमा अचानक मोवाइल पड्कियो । मोवाइल पड्किँदा बालकको कपडामा आगो लाग्यो र उनको जलेर मृत्यु भयो ।

रिपोर्टका अनुसार घटनालगत्तै बालकलाई अस्पताल लगिएको थियो तर उनको मृत्यु भयो । घटना १९ अक्टोबर बेलुकाको भएको बताइएको छ । बालकले कस्तो किसिमको चार्जरको प्रयोग गरिरहेका थिए भन्ने स्पष्ट भएको छैन । पुलिसले थप जाँच गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *