प्रदेश नं १ मा नेपाली कांग्रेस नेतृत्वमा सरकार गठनको सम्भावनाःमन्त्री खड्का

डिसी नेपाल
६ कार्तिक २०७८ १२:५९
80
Shares

मोरङ । परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपाली कांग्रेसको नेतृत्वमा प्रदेश नं १ मा सरकार गठनको सम्भावना रहेको बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले आइतबार विश्वासको मतदानपछि कसको नेतृत्वमा सरकार गठन गर्ने सम्बन्धमा निर्णय गरिने जानकारी दिए। मन्त्री खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी गठबन्धन दलबीच छलफल एवं सहमतिका आधारमा प्रदेश सरकारका सम्बन्धमा ‘प्याकेज)मा निर्णय गरिने बताए।

उनले प्रदेश नं १ र वाग्मतीमा आधा/आधा कार्यकाल नेतृत्व गर्ने सम्बन्धमा प्रस्ताव आएको तर अहिलेसम्म निर्णय नभएको जानकारी दिए। मन्त्री खड्काले नेकांको बहुमत नभएकाले सबै दलबीच आपसी छलफल गरी साझा सहमतिमा एमसीसी पास हुने बताए।

मन्त्री खड्काले राष्ट्रिय जनगणना कार्यालयले लिपुलेक क्षेत्रमा आफ्नो कार्यानुसार जनगणना गर्ने व्यवस्था मिलाउने बताए। एक प्रश्नको जवाफमा उनले ‘अर्ली इलेक्सन’ तत्कालै सम्भावना नभएको तर सत्तारूढ गठबन्धन दलबीच सहमति कायम भएमा आगामी चैत वैशाखमा हुनसक्ने बताए।

उनले बेमौसमी वर्षाका कारण आएको बाढीपहिराबाट निधन भएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै बाली तथा पशुपक्षी क्षतिको तथ्याङ्क सङ्कलनपश्चात् थप राहत प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.