सानिमा र माछापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन

डिसी नेपाल
७ कार्तिक २०७८ १०:०१
212
Shares

काठमाडौं। सानिमा बैंक र माछापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन भएको छ। लाभांश वितरण र साधारणसभाका लागि आइतबार भएसँगै नेप्सेले दुई बैंकको बोनस समायोजन गरी नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले समायोजित सेयर मूल्य निर्धारण गरेको हो।

सानिमा बैंकको बोनस सेयर समायोजनपछिको मूल्य नेप्सेले ४१७ रुपैयाँ ७८ पैसा निर्धारण गरेको छ। नेप्सेले बैंकको १७ प्रतिश बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । त्यस्तै, नेप्सेले माछापुच्छ्रेको बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ३२२ रुपैयाँ ०७ पैसा निर्धारण गरेको छ।

नेप्सेले बैंकको १३ दशमलव ३० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो। बिहीबारको अन्तिम कारोबार मूल्यका आधारमा नेप्सेले मूल्य निर्धारण गरेको हो । बिहीबार सानिमा बैंकको ४८८ रुपैयाँ ८० पैसा र माछापुच्छ्रे बैंकको प्रतिकित्ता ३६४ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.