भन्सार छली गरेका तीन लाखभन्दा बढीका कपडा बरामद

डिसी नेपाल
७ कार्तिक २०७८ १९:१३
36
Shares

काठमाडौं ।सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलालीबाट खटिएको सशस्त्र प्रहरी बल नेपालको टोलीले आज भन्सार छलीका रु तीन लाखभन्दा बढीका कपडा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपालको टोलीले गोदावरी नगरपालिका–१ अत्तरिया इलाकामा भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको रु तीन लाख १२ हजार ४७० बराबरको लेडिज र जेन्स आइटमका थान कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणको कार्यालयले जनाएको छ । बरामद गरिएका कपडा आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय धनगढीमा बुझाइएको जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.