पाकिस्तानको तुफानी सुरुवात, पहिलो बलमै रोहित शर्मा आउट

डिसी नेपाल
७ कार्तिक २०७८ १९:५८
1.3k
Shares

काटमाडौं। टि–२० विश्वकपको हाइभोल्टेज खेलमा पाकिस्तानले सुरुवातमै सफलता हात पारेको छ । पाकिस्तानका बलर शाहीन शाह आफ्रिदीले भारतीय ब्याटर रोहित शर्मालाई पहिलो बलमै आउट गरेका छन् ।

पहिलो ओभरको तेस्रो बल तथा आफ्नो व्यक्तिगत पहिलो बलको सामना गरेका रोहित पहिलो बलमै एलबीडब्लु आउट भएका हुन् । बल ट्रयाकिङका अनुसार बलले उनको मिडिल स्टम्प नै हिट गरेको थियो । पहिलो ओभरमा भारतले १ विकेटको क्ष्तिमा २ रन मात्र बनाउन सकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *