एएफसी यू–२३ : नेपाल र इराक भिड्दै

डिसी नेपाल
८ कार्तिक २०७८ ८:०८

काठमाडौं। एएफसी यू–२३ एसियन कप छनोटको पहिलो खेलमा आज (सोमबार) नेपालले बलियो टिम इरानविरुद्ध प्रतिस्पर्धा गर्दै छ। ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले इरानको सामना गर्न लागेको हो। खेल नेपाली समयअनुसार अपरान्ह ४ः४५ बजे सुरु हुनेछ।

फिफा बरियतामा एसियाको शीर्षस्थानमा रहेको इरानविरुद्ध मैदान उत्रिँदा नेपाल सुखद सुरुवात गर्ने योजनामा हुनेछ। नेपाल कम्तिमा इरानलाई रोक्ने दाउमा हुनेछ। खेलअघि प्रशिक्षक बालगोपाल महर्जन र कप्तान अर्पण कार्कीले राम्रो नतिजाको लागि खेल्ने बताएका छन्।

पछिल्लो दुई संस्करणमा नेपालको प्रदर्शन यस प्रतियोगितामा राम्रो हुन सकेको छैन । खेलेका ६ खेलमा हार ब्यहोरेको नेपालले कुनै पनि गोल गर्न सकेको छैन।

यसपटक राष्ट्रिय टोलीका नियमित ६ र बाँकी पाँच खेलाडी बोकेर ताजकिस्तान उडेको नेपाली टोली उच्च मनोबलकासाथ इरानबिरुद्ध खेल्दै छ।

नेपालले यू–२३ एसियन कप छनोटमा इरानसँग दोस्रो पटक खेल्न लागेको हो । यसअघि नेपालले सन् २०१५ मा इरानसँग उसैको घरेलु मैदानमा खेलेको थियो । त्यस खेलमा इरानले नेपाललाई ५–० ले पराजित गरेको थियो।

नेपालको समूह ‘बी’को दोस्रो प्रतिद्वन्द्वी हो आयोजक ताजकिस्तान । फिफा बरियतामा ११८औँ स्थानमा रहेको ताजकिस्तानसँग नेपालले ११ गते खेल्नेछ।

यस्तै, तेस्रो प्रतिद्वन्द्वी लेवनानसँग नेपालले १४ गते खेल्नेछ । समूह बिजेता फाइनल चरण छनोट हुनेछ।

नेपाली २३ टोली :

गोलरक्षक– अर्पण कार्की (कप्तान), विशाल सुनार, अभिषेक बराल

डिफेण्डर– सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दीप पौडेल, शिव गुरुङ, अनिल महर्जन, अभिषेक लिम्बू

मिडफिल्डर– नितिन थापा, सुरजजिउ ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी, आकाश बुढामगर, रोशन पहाडी, एरिक बिष्ट

स्ट्राइकर– ऋतिककुमार खड्का, मनीष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, राजिव लोप्चन




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *