इतिहासकै सबैभन्दा ठूलो हारपछि विराट कोहली पाकिस्तानी पत्रकारमाथि जंगिए
काठमाडौं। पाकिस्तानसँग विश्वकपमा पहिलो हार व्यहोरेपछि पत्रकार सम्मेलनमा भारतीय कप्तान विराट कोहली पाकिस्तानी पत्रकारसँग जंगिए । पाकिस्तानी पत्रकारले इशान किशन र रोहित शर्माको विषयमा प्रश्न गरेका थिए । यो प्रश्न सुनेपछि विराट कोहली जंगिएका हुन् ।
इशान किशनले आइपिएलका अन्तिम खेलहरु र विश्वकपको अभ्यास खेलमा निकै राम्रो ब्याटिङ गरेका थिए । यही आधारमा पाकिस्तानी पत्रकारले ‘के अर्को खेलमा रोहित शर्माको ठाउँमा इशान किशन खेल्छन् ?’ भनेर सोधेका थिए । प्रश्न सुन्नासाथ विराट कोहलीले जंगिँदै भने ‘के तपाइँ साँच्चै चाहनुहुन्छ कि म रोहित शर्मालाई टिमबाट बाहिर गरिदिउँ । रोहित शर्मा ? यदि तपाइँ कुनै विवाद चाहनुहुन्छ भने मलाई भन्न सक्नुहुन्छ, म त्यही अनुसार उत्तर दिन्छु ।’
गएराती भएको खेलमा रोहित शर्मा पहिलो बलमै शुन्यमा आउट भएका थिए । गएराती दुबइमा भएको सुपर १२ अन्तर्गत समूह २ को खेलमा पाकिस्तानले भारतलाई १० विकेटले पराजित गरेको थियो । यो टि–२० क्रिकेट इतिहासमै भारतको सबैभन्दा ठूलो हार हो र पाकिस्तानको सबैभन्दा ठूलो जित हो । टि–२० क्रिकेटमा यसअघि भारतले कहिल्यै पनि १० विकेटले हारेको थिएन र पाकिस्तानले पनि कहिल्यै १० विकेटले जितेको थिएन ।
के आज पाकिस्तानले हरेक पक्षमा राम्रो खेल देखायो ? भन्ने प्रश्नको जवाफमा कोहलीले भने ‘हाम्रो टिमले हरेक टिमको सम्मान गर्छ । यसमा कुनै शंका छैन कि पाकिस्तानले आज हामीभन्दा राम्रो खेलेको छ । कुनै पनि टिमले १० विकेटले यत्तिकै जित्दैन । उनीहरुलाई श्रेय दिनु जरुरी छ । हामीले उनीहरुमाथि दबाब बनाउने धेरै कोसिस गर्यौं तर उनीहरु हामीभन्दा हरेक पक्षमा राम्रो खेले । खेलमा हामीले जित्छौं भन्ने ग्यारेन्टी हुँदैन । हामीले आफ्नो स्थितिको हिसाबले राम्रो स्कोर बनाएका थियौं । उनीहरुलाई यो खेललाई शानदार अन्त्य दिएकोमा श्रेय दिनुपर्छ ।’







डिसी नेपाल







Facebook Comment