सुनको मूल्य आज प्रतितोला तीन सयले बढ्यो

डिसी नेपाल
८ कार्तिक २०७८ १२:२२
144
Shares

काठमाडौं  । साताको दाेस्रो दिन सोमबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला तीन सय रुपैयाँले बढेर ९२ हजार चार सय रुपैयाँ कायम भएको हो।

आइतबार छापावाल सुनको मूल्य तोलाको ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९१ हजार नाै सय रुपैयाँ निर्धारण भएको छ। आइतबार तेजावी सुनको मूल्य तोलाको ९१ हजार ६ सय रुपैयाँ रहेको थियो।

आइतबार चाँदीको मूल्य पनि प्रतितोला पाँच रुपैयाँले बढेर ११ सय ६५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.