आर्यनलाई छोड्न २५ करोड मागिएको खुलासा गर्ने प्रभाकर मुम्बइ पुलिस कमिश्नरकहाँ पुगे

डिसी नेपाल
८ कार्तिक २०७८ १३:४०
3.3k
Shares

काठमाडौं । ड्रग्स केसमा फसेका शाहरुख खानका छोरा आर्यन खानलाई छोड्न २५ करोड रुपैयाँ माग गरिएको खुलासा गर्ने गवाह प्रभाकर साइल सोमबार मुम्बइ पुलिस आयुक्त हेमन्त नागरालेलाई भेट्न उनकै कार्यालय पुगेका छन् । आइतबार मिडियालाई दिएको अन्तरवार्तामा उनले नारकोटिक्स कन्ट्रोल ब्युरोका संभागीय निर्देशक समीर वानखेडेमाथि गम्भीर आरोप लगाएका थिए । वानखेडेले भने यी हारोपको खण्डन गरेका थिए ।

प्रभाकर साइलले आफ्नो नोटरीकृत एफिडेविटमा नारकोटिक्स कन्टेल ब्युरोमाथि फिरौती मागेको गम्भीर आरोप लगाएका थिए । पछि प्रभाकरले मिडियासँग कुरा गर्दै आफ्ना आरोप दोहोर्याएका थिए र आफ्नो लागि सुरक्षाको माग गरेका थिए । सोमबार उनले मुम्बइ पुलिस कमिश्नरलाई भेटेका छन् र उनले कमिश्नरलाई यस विषयमा थप जानकारी दिएको विश्वास गरिएको छ । अब मुम्बइ पुलिसले प्रभाकरले लगाएको भ्रष्टाचार आरोपको छानबिन गर्न सक्ने अनुमान गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *