बस्न सकेन ‘फूलकोर्ट’ बैठक

डिसी नेपाल
८ कार्तिक २०७८ १७:४०
76
Shares

काठमाडौं । सर्वोच्च अदालतमा आज बस्ने भनिएको प्रधानन्यायाधीशसहित न्यायाधीशहरूको पूर्ण बैठक (फूल कोर्ट) बस्न सकेन । प्रधानन्यायाधीश राणासहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठक आजका लागि बस्ने भनी प्रधानन्यायाधीश र नेपाल बार एसोसिशनबीच आइतबारको भेटमा तय भएको थियो । न्यायाधीशहरू बैठकमा उपस्थित नभएपछि बैठक बस्न नकसेको हो ।

आज प्रधानन्यायाधीशले तोकेको इजलासमा सुनुवाइ पनि हुन सकेन । न्यायाधीशहरू छुट्टै छलफलमा भएका कारण उक्त इजलासमा सुनुवाइ हुन नसकेको हो । न्यायाधीशहरूबीच मङ्गलबार प्रधानन्यायाधीश राणालाई भेटी ध्यानाकर्षण गराउने विषयमा छलफल भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.