सुडानमा सेनाले चलाएकाे गाली लाग्दा मृत्यु हुनेकाे संख्या १० पुग्याे

डिसी नेपाल
९ कार्तिक २०७८ ८:०८
120
Shares

खार्तुमा । सुडानमा सेनाको कूको बिरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। गोली लागेर दर्जनौं घाइते भएका छन् । सोमबार त्यहाँको सेनाले गठबन्धन सरकारलाई अपदस्थ गरेर सरकार विघटन गरिदिएको थियो।

सेनाको कदमको बिरोधमा हजारौंले राजधानी खार्तुमलगायतका सहरमा प्रदर्शन गरेका थिए । उनीहरुले गैर सैनिक शासन माग गरेका थिए । सैन्य कूको अन्तर्राष्ट्रिय समुदायले पनि बिरोध गरेको छ । अमेरिकाले सुडानलाई यसअघि उपलब्ध गराउने भनेको ७० करोड डलर रोक्का गरेको छ ।

जनरल अब्देल फतेह बुर्हानले राजनीतिक अस्थिरताका कारण सुडानमा संकट निम्तिएको बताएका छन् । सुडानमा लामो समय शासन गरेका ओमार अल–बशिरलाई दुई वर्षअघि हटाइएपछि त्यहाँ राजनीतिक अस्थिरता बढेको छ ।

सेनाले सत्ता हातमा लिएपछि बन्द भएका विमानस्थल, अन्तर्राष्ट्रिय उडान र टेलिफोन सेवा अझै सञ्चालनमा छैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *