भारतलाई हराएपछि विश्वकप विजेता पूर्वकप्तान रहेका पाकिस्तानी प्रधानमन्त्रीले के भने ?

डिसी नेपाल
९ कार्तिक २०७८ ११:२३
8.6k
Shares

काठमाडौं। विश्वकप क्रिकेटमा भारतलाई पाकिस्तानले पराजित गरेपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अहिले भारतसँग कुनै किसिमको राजनैतिक वार्ता गर्नु उचित नहुने बताएका छन् । इमरानले भनेका छन् ‘भारतसँग अहिले कुनै किसिमको छलफलको बारेमा केही भन्नु ठिक हुने छेन किनकि उनीहरुले हिजो मात्रै क्रिकेटको मैदानमा पाकिस्तानसँग नराम्रो तरिकाले हारेका छन् ।’

इमरान अहिले साउदी अरेबिया र युएइ भ्रमणमा छन् । रियादमा उनले पाकिस्तान साउदी इन्भेष्टमेन्ट फोरमलाई सम्बोधन गरे । यस क्रममा उनले भने ‘हाम्रो छिमेकमा २ ठूला देश र बजार छन् । अफगानिस्तानको बाटो हुँदै हामी मध्य एसियासम्म पहुँच बनाउन सक्छौं ।’ उनले अगाडि भने ‘चीनसँग हाम्रो राम्रो सम्बन्ध छ । यदि हामीले भारतसँग पनि राम्रो सम्बन्ध बनायौं भने यो हामे लागि फाइदाजनक हुनेछ । मलाई थाहा छ आइतबार राती हामीले क्रिकेटमा भारतलाई ठूलो हार दिएका छौं त्यसैले अहिले वार्ता वा सम्बनध सुधारको कुरा गर्नु गलत हुनेछ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *