टि–२० विश्वकपः आज उपाधिका दावेदार मानिएको टिमहरु भिड्दै
काठमाडौं। आईसीसी टि–२० विश्वकप अन्तर्गत आज मंगलबार दुई खेलहरु हुँदैछ। उपाधिको दावेदार मानिएको समुह एकमा रहेको दक्षिण अफ्रीका र वेस्टइन्डिज बीचको पहिलो खेल दिउँसो ३ः४५ बजे दुबई अन्तर्राष्ट्रिय स्टेडियममा हुँदैछ।यस्तै समुह दुईमा रहेको पाकिस्तान र न्युजिल्यान्डको प्रतिस्पर्धा दुवईको शारजाह क्रिकेट रंगशालामा साँझ ७ः४५ मा हुँदैछ।
समूह एकमा रहेको दक्षिण अफ्रीका र वेस्ट इन्डिज पहिलो जितमा खोजीमा रहेका छन्। पहिलो खेलमा दक्षिण अफ्रीका अष्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो।त्यस्तै वेस्ट इन्डिज इंग्ल्यान्डसंग ६ विकेटले पराजित भएको थियो।त्यस्तै,समूह दुईमा रहेको पाकिस्तान लगातार दोस्रो जित निकाल्ने दाउमा रहेको छ ।
पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेटको विशाल मतान्तरले हराएको थियो ।न्युजिल्याण्डको भने,यो सिजनको पहिलो खेल रहेको छ।त्यसैले आजको खेल जित्दै सुखद सुरुआत गर्ने योजनामा रहेको छ।







डिसी नेपाल







Facebook Comment