अविरल वर्षाका कारण गण्डकी प्रदेशमा तीन हजार मेट्रिक टन धान क्षति
xfjfx'/Ln] 9fn]sf] wfg
un]Zj/, ( sflQs
DofUbLsf] a]gL gu/kflnsf@ au/kmfF6l:yt v]tdf x'/L atf;n] 9fn]sf] wfg . kfSg] a]nfdf wfg 9n]sfn] o; jif{ pTkfbg sd x'g] ls;fg atfpF5g . tl:a/ M w|'j;fu/ zdf{÷/f;;
काठमाडौँ । गण्डकी प्रदेशमा तीन हजारभन्दा बढी मेट्रिक टन धानबालीमा क्षति पु¥याएको छ । गण्डकी प्रदेशमा एक लाख १७ हजार १३१ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा बेमौसमी वर्षाका कारण अनुमानित तीन हजार ३५ मेट्रिक टन धानबालीमा क्षति पुगेको हो ।
कृषि अर्थविज्ञ अधिकारीका अनुसार जिल्ला÷जिल्लामा रहेका कृषि ज्ञान केन्द्रहरु र पालिकाहरुबाट सङ्कलन गरिएको विवरणअनुसार गण्डकी प्रदेशमा दुई हजार ३७८ हेक्टर क्षेत्रफलको धान भित्र्याई सकिएको छ । झरी वर्षा र हावाहुरीका कारण ८४३ हेक्टर क्षेत्रफलमा पूर्ण नोक्सानी भएको छ भने सात हजार ११२ हेक्टर क्षेत्रफलमा आंशिक क्षति भएको कृषि विकास निर्देशनालय पोखराका कृषि अर्थविज्ञ शशी अधिकारीले जानकारी दिए ।
गण्डकी प्रदेशअन्तर्गतका जिल्लाहरुमा अनुमानित तीन हजार ३५ मेट्रिक टन धानबालीमा क्षति पुग्दा अनुमानित रु सतासी लाख ५५ हजार ३९८ मूल्य बराबरको क्षति भएको अनुमान रहेको उनले बताए ।







डिसी नेपाल








Facebook Comment