गोकर्णेश्वर नगरपालिकामा दुईको मृत्यु
काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाको छुट्टाछुट्टै स्थानमा भएको घटनामा दुई जनाको मृत्यु भएको छ ।
काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा एक महिलाको आज सुतेकै अवस्थामा मृत्यु भएको छ । सोही ठाउँमा डेरा गरी बस्ने सङ्खुवासभा मकालु गाउँपालिका–१ घर भएकी ३५ वर्षीया सञ्जु तामाङ सुतेको ठाउँमा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाको अनुुसन्धान भइरहेको जनाइएको छ ।
उक्त नगरपालिका–५ जोरपाटीस्थित सडकमा बा६३प ६२०४ नम्बरको स्कुटरलाई बा२ख १३८ नम्बरको ट्याङ्करले आज ठक्कर दिँदा स्कुटर चालक सोही नगरपालिका–४ माकलबारीका ४४ वर्षीय गङ्गाराज राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ओम अस्पताल चाबहिलमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार उनकी छोरी १९ वर्षीया सुष्मा राईको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याङकर चालकलाई नियन्त्रणमा लिई घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।







डिसी नेपाल








Facebook Comment