रोहित चन्द सम्मिलित पर्सिजाको दोस्रो हार

डिसी नेपाल
१० कार्तिक २०७८ ६:४६
236
Shares

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जाकर्ताले दोस्रो हार ब्यहोरेको छ। मंगलबार राति भएको इन्डोनेशियन लिगा वानमा रोहित सम्मिलित जाकर्ताले पर्सिबाय सिराबयसंग १-० गोल अन्तरको हार ब्यहोरेको हो।

पर्सिबायको जितमा जापानका खेलाडी ताईसाई मारिकायले खेलको २५ मिनेटमा निर्णायक गोल गरे। साफ उपबिजेता भएपछी माल्दिभ्सबाट सिधै जाकर्ता पुगेका रोहितको यो पहिलो खेल हो। रोहितले पूरा समय खेलेका थिए।

बराबरीसङै पर्सिजाले ९ खेलबाट १३ अंक बनाउदै तालिकाको सातौ स्थानमा छ।

इटालीयन प्रशिक्षक एन्जेलो एलेसिलोको आगमन पछि पर्सिजाले ३ खेलमा मात्रै जित निकालेको छ। ४ खेलमा बराबर खेल्दा २ खेलमा हार ब्यहोरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *