महिलाले चर्चित ब्राण्डका नक्कली कुपन घरमै छापेर ३ अर्ब ८४ करोड रुपैयाँ ठगी गरिन्

डिसी नेपाल
१० कार्तिक २०७८ १२:४९
6.5k
Shares

काठमाडौं। अमेरिकाको भर्जिनियाकी एक महिलाले नक्कली कुपनको माध्यमबाट ३२ मिलियन डलर (३ अर्ब ८४ करोड रुपैयाँ) ठगी गरेकी छिन् । महिलाले यी कुपनहरुको माध्यमबाट घरको मर्मत तथा विलासिताका साथ जीवन बिताउनुको साथै विदाको खर्च भुक्तानी समेत गरिन् । अहिले महिलालाई गिरफ्तार गरिएको छ र अदालतले उनलाई १२ वर्षको जेल सजाय सुनाएको छ ।

न्यूयोर्क पोस्टका अनुसार ४१ वर्षकी आरोपी महिला लोरी एन टेलेन्स ले घरमा डिजाइन र प्रिन्ट गरिएका हजारौं कुपनलाई २ हजारभन्दा धेरै गहकहरुको नेटवर्कमा बिक्रीका लागि पठाएकी थिइन् । यी कुपनलाई उनले मास्टरशेफ नामबाट फेसबुकमा तथा टेलिग्राम लगायत अन्य सामाजिक संजालमा पनि बिक्री गरेकी थिइन् । यसका साथै १ मिलियन डलरका कुपन उनको घरबाट बरामद गरिएको थियो ।

खासमा अमेरिका लगायतका देशमा कैयौं कम्पनीहरु कुपन जारी गर्छन् । यी कुपनबाट सामान किन्दा ग्राहकले कम मूल्यमा सामान पाउँछन् । लोरीले यिनै कम्पनीका कुपनको नक्कली कुपन तयार गरेर २ हजारभन्दा धेरै गहकलाई बेचेकी थिइन् । यो बिक्रीबाट उनले ठूलो धन कमाइन् । पछि यी कुपन सम्बन्धित कम्पनीहरुमा पुगेपछि बल्ल व्यापारीहरुले यी कुपन नक्कली भएको थाहा पाए ।

अमेरिकाको संघीय जाँच ब्युरो (एफबीआइ)ले भनेको छ ‘उनी लगभग जुनसुकै किराना वा औषधिको उत्पादनको लागि एक कुपन बनाउन सक्षम थिइन् । उनी जुनसुकै मूल्य चाहन्थिन् त्यो बनाउन सक्षम थियन् । उदाहरणको लागि उनीसँग २५ डलरको डाइपरको बक्सको लागि २४.९९ डलरको कुपन थियो अर्थात उनी डाइपर निःशुल्क पाउँथिन् ।’

यो केसको जाँच गरिरहेका अधिकारी जेसन थम्सनका अनुसार उनको ज्याकेटको हरेक खल्तीमा कुपन थिए । लोरेले प्रोक्टर एण्ड ग्याम्बल, कोकाकोला, जिप्लोक सहित लगभग १०० कम्पनीहरुलाई नक्कली कुपनको माध्यमबाट ठगेकी थिइन् । सबैभन्दा धेरै ठगी कागज उत्पादक कम्पनी किम्बर्ली क्लार्कलाई गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *