घरबाट भागेर प्रहरीकहाँ गएका व्यक्तिको गुहार ‘श्रीमतीसँग बस्न सक्दिन, मलाई जेलमा हाल्नुस्’

डिसी नेपाल
१० कार्तिक २०७८ १३:२२
728
Shares

काठमाडौं। कुनै व्यक्तिलाई जेलमा हाल्नु भनेको उसको स्वतन्त्रताको अन्त्य गर्नु हो । तर, एक जना व्यक्ति यस्ता पनि छन् जो चाहन्छन् कि उनलाई घरमा नराखियोस् बरु जेलमा हालियोस् । घरमै बन्दीजस्तै गरी राखिएका यी व्यक्तिले पुलिससँग आफूलाई जेलमा हालिदिन अनुरोध गरेका छन् । उनका अनुसार उनका लागि श्रीमतीसँग घरमा बस्नु भन्दा जेलमा बस्नु धेरै राम्रो हुनेछ । यो घटना इटलीको गुइडोनिया मोन्टेसेलियो क्षेत्रको हो ।

समाचार एजेन्सी एएफपीका अनुसार स्थानीय पुलिसले ३० वर्षका एक व्यक्तिले आफूलाई जेलमा हालिदिन अनुरोध गरेको कुरा पुष्टि गरेको छ । मूल रुपले अल्बानियाका यी व्यक्तिका अनुसार उनका लागि श्रमितीसँग घरमा बस्नु निकै कष्टकर छ । पुलिसका अनुसार लागूऔषधसँग सम्बन्धित एक अपराधको लागि उनलाई केही महिनादेखि घरमै नजरबन्दमा राखिएको छ र उनलाई अझै केही वर्ष घरमै नजरबन्द राखिनुपर्नेछ ।

भागेर पुलिस स्टेशन पुगेका यी व्यक्तिले पुलिससँग भनेका छन् ‘मेरो घरेलु जिन्दगी नर्क भएको छ । म यसलाई अझै झेल्न सक्दिन । म जेलमा जान चाहन्छु ।’ घरमै नजरबन्दको सजाय पाएका ती व्यक्तिलाई घरबाट बाहिर निस्किएको पाएपछि पुलिसले तत्कालै हिरासतमा लिएको थियो । त्यसपछि न्यायिक अधिकारीहरुले उनलाई जेलमा राख्ने आदेश पनि दिएका छन् ।

सामाजिक संजालमा युजरहरुले यो घटनाबारे धेरै प्रतिक्रिया दिएका छन् । एक व्यक्तिले एक उखान उल्लेख गर्दै भनेका छन् – लड्ने महिलाको साथमा बस्नु भन्दा उजाड मरुभूमिका बस्नु राम्रो । अर्का एक युजरले लेखेका छन् – यस्तो देखिन्छ कि यी व्यक्ति घरमा आफ्नो भागको काम पूरा गर्दैनथे त्यसैले विदा चाहिरहेका थिए । अर्का एक युजरले उनलाई सम्बनधविच्छेद गर्न सल्लाह दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *