एकैपटक ७ बच्चा जन्माएकी महिलाका ६ बच्चाको मृत्यु, अन्तिम बच्चा बाँच्नलाई संघर्ष गर्दै
काठमाडौं। पाकिस्तानको एबटाबादमा केही दिनअघि एकै पटक ७ बच्चा जन्माएकी महिलाका ६ बच्चाको मृत्यु भएको छ । अयुब टिचिङ अस्पतालको बाल चिकित्सा नर्सरी वार्डका डाक्टरका अनुसार यी ७ बच्चामध्ये ५ जनाको अस्पतालमै मृत्यु भएको थियो । त्यसपछि अन्य २ बच्चालाई अर्को अस्पतालमा सारिएको थियो ।
अस्पतालका पेडियाट्रिक वार्डका प्रभारी डाक्टर एजाज हिसैनले द एक्सप्रेस ट्रिब्युनलाई बताएअनुसार समयभन्दा पहिले जन्मिएका कारण हुने समस्याका कारण मंगलबार छैटौं बच्चाको पनि मृत्यु भएको छ । सातौं बच्चाको अहिले पनि उपचार भइरहेको छ । डाक्टरका अनुसार यी सबै ७ बच्चा समयभन्दा पहिले जन्मिएका थिए । बच्चाहरुको तौल लगभग १ किलो थियो । प्रिम्याच्योर हुनुका कारण यी बच्चाहरुमा धेरै किसिमका समस्या थिए ।
अस्पतालका प्रशासक राजा महबुब जंजुआले द एक्सप्रेस टिब्युनलाई बताएअनुसार जन्मिनेबित्तिकै इन्क्युबेटरमा राखिएका एक बच्चाको दुई दिनपछि नै मृत्यु भएको हो । एक जटिल अपरेशनपछि महिलाले एकसाथ ७ बच्चालाई जन्म दिएकी थिइन् । यद्यपि यसअघि गरिएको अल्ट्रासाउण्डमा उनको पेटमा पाँच बच्चा भएको बताइएको थियो तर सुत्केरी गराउने क्रममा मात्र बच्चाहरु ७ जना भएको खुलासा भयो ।







डिसी नेपाल







Facebook Comment