तालिबानका संस्थापक प्रमुख मुल्ला ओमरका छोरा पहिलो पटक सार्वजनिक

डिसी नेपाल
१० कार्तिक २०७८ १६:०५
224
Shares

काठमाडौं। अफगानिस्तानमा तालिबान सरकार बनेपछि पहिलो पटक यो संगठनका संस्थापक प्रमुख मुल्ला ओमरका छोरा मुल्ला मोहम्मद याकुब सार्वजनिक भएका छन् । मुल्ला याकुब तालिबानको अन्तरिम सरकारका रक्षा मन्त्री हुन् र सैन्य आयोगका प्रमुख हुन् । आफ्नो पहिलो सार्वजनिक भाषणमा मुला याकुबले देशका व्यवसायिक समुदायसँग स्वास्थ्यको षेत्रमा लगानी गर्न अपिल गरेका छन् ।

मुल्ला याकुबले यदि स्वास्थ्य षेत्रमा लगानी बढ्यो भने अफगानी जनतालाई विदेश जानु नपर्ने बताए । मुल्ला याकुबलाई तालिबान संगठनभित्र धेरै इज्जत दिइन्छ । याकुब तालिबानको सैन्य अभियानका प्रमुख हुन् । उत्तराधिकारका विभिन्न संघर्षको क्रममा उनलाई तालिबानको समग्र नेता घोषित गरिएको थियो । उनले २०१६ मा हिब्तुल्लाह अखुंदजादालाई तथालिबानको प्रमुख घोषणा गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *