लगातार हारपछि बार्सिलोनाका प्रशिक्षक कोम्यान बर्खास्त

डिसी नेपाल
११ कार्तिक २०७८ ६:४८
688
Shares

काठमाडौं। स्पेनिस क्लब बार्सिलोनाले खराब प्रदर्शनपछि मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्ती गरेको छ । बुधबार राति रायो भालेकोनोसँग १-० गोल अन्तरले पराजित भएपछि बार्सिलोनाले मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई १४ महिनापछि बर्खास्ती गरेको हो ।

१४ महिना अघि नोउ क्याम्प आएका कोम्यानले ला लिगामा १० खेलबाट जम्मा १५ अंक बनाएका छन् । टोली तालिकाको नवौं स्थानमा छ ।

क्लबले भनेको छ, ‘रोनाल्ड कोम्यान टोलीबाट बिदा हुनुहुनेछ ।’ बुधबार भएको ला लिगाको खेलमा बार्सिलोना रायो भालेकानोसँग १-० गोल अन्तरले पराजित भएको थियो । रायोको जितमा राडामेल फाल्काओले खेलको ३० मिनेटमा निर्णायक गोल गरे ।

खेलको ७२ मिनेटमा बार्सिलोनाका मेम्फिस डिपाएले पाएको पेनाल्टी सदूपयोग गर्न सकेनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *