बायर्नको लज्जास्पद हार

डिसी नेपाल
११ कार्तिक २०७८ ७:००
748
Shares

काठमाडौं। जर्मन बुण्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले डिएफबी कपमा बोरुसिया मोन्चेनग्लाडबाकसँग लज्जास्पद हार व्यहोरेको छ । बुधबार राति भएको खेलमा बायर्न मोन्चेनग्लाडबाकसँग ५-० गोल अन्तरले पराजित भएको हो ।

बोरुसिया पार्कमा मान्चेनग्लाडबाकलाई जिताउन ब्रिल एम्बोलो र रामी बेन्सबाइनिले समान २ तथा कउडियो कोनेले १ गोल गरे । खेलको दोस्रो मिनेटमा नै कोउडियो कोनेले गोल गरे । यसपछि खेलको १५ र २१ मिनेटमा रामी बेन्सबाइनिको लगातार दुई गोल गर्दा घरेलु टोलीले ३–० को अग्रता बनायो ।

दोस्रो हाफको ५१ र ५७ मिनेटमा ब्रिल एम्बोलोले दुई गोल गर्दै टोलीको अग्रता ५–० को बनाए । हारसँगै बायर्न लगातार दोस्रो सिजन प्रतियोगिताको सुरुवाती चरणमानै बाहिरियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *