पहिचानमा संकटः समुद्री ह्वेलले यसकारण गर्छन् मानिसको शिकार

डिसी नेपाल
११ कार्तिक २०७८ ९:०३
1.4k
Shares

काठमाडौं । पछिल्लो समयमा समुद्री ह्वेलले मानिसहरुलाई आक्रमणको निशाना बनाउन थालेका छन्। विशेषतः समुद्रमुनी अनुसन्धान र साहसिक गतिविधिमा जाने मानिसहरु ह्वेलको आक्रमणमा पर्ने गरेका छन्।

तर, यस्तो आक्रमण बढ्नुमा ह्वेल माछा आफै झुक्किएर हो। उनीहरुले मानिसलाई समुद्री जनाबर सिल जस्तो मानेर आक्रमण गरेका हुन्। सिल सेता ह्वेल माछाको मन पर्ने शिकार हो।

सेता ह्वेलले मानिसहरुलाई आक्रमण गरेपछि अस्ट्रेलियाका वैज्ञानिकहरुको एउटा समूहले यसबारेमा एउटा अध्ययन पनि गरेका थिए। उनीहरुले पौडी खेल्ने र सर्फबोर्ड चलाएका व्यक्तिहरुको भिडियो फुटेज अध्ययन गरेका थिए। सर्फबोर्ड समुद्रमा तैरिदा र हिउँमा स्केटिङ गर्दा प्रयोग हुन्छ।

वैज्ञानिकहरुले भिडियो फुटेजलाई विभिन्न कोणबाट अवलोकन गरेका थिए। अवलोकन गर्दा मानिस र सील दुरुस्तै देखिएका थिए। पानीमुनिको सतहबाट हेर्दा पनि सील र मानिसलाई छुट्टाउन वैज्ञानिकलाई नै हम्मे परेको थियो। मानिस र सीलबीचको आकार पनि दुरुस्तै देखिएको थियो।

‘वास्तवमा ह्वेलले मानिसलाई मार्ने रहेनछ , बरु सील जस्तो लागेर उनीहरुले आक्रमण गर्दा रहेछन,’ अनुसन्धान टोलीकी नेतृ डा. लाउरा रायन भन्छिन्।

अनुसन्धानकर्ताहरू विशेषत सेता सार्कमा केन्द्रित भएर अध्ययन गरेका थिए । यो पनि विश्वास गरिन्छ की सार्कले अन्य प्राणीले जस्तो रंग छुट्टाउन सक्दैनन् । अर्थात उनीहरुमा रंग छुट्टाउने क्षमता सीमित हुन्छ । ‘रंग छुट्टाउने उनीहरुको क्षमता हाम्रो भन्दा कमजोर हुन्छ,’ रायन भन्छिन्।

सार्क जब बढ्दै जान्छ, उसका आँखा ठूलो हुन्छ । आँखा ठूलो भएपछि उनीहरुको फोकस एउटा भन्दा पनि धेरै बस्तुमा हुने गर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *