आर्यन खानलाई हिरासतमा लिइएपछि उनीसँग सेल्फी लिने व्यक्ति गिरफ्तार

डिसी नेपाल
११ कार्तिक २०७८ १०:३३
2.2k
Shares

काठमाडौं। मुम्बइ ड्रग्स मामिलामा एनसीबीका गवाह किरण गोसावीलाई गिरफ्तार गरिएको छ । पुणेका पुलिस कमिश्नर अमिताभ गुप्ताले यो जानकारी दिएका हुन् । पुणे पुलिसका अनुसार एनसीबीका स्वतन्त्र गवाह गोसावीसँग धोखाधडी मामिलामा सोधपुछ भइरहेको बताएको छ ।

मुम्बइ ड्रग्स केसमा शाहरुख खानका छोरा आर्यन खानलाई हिरासतमा लिइएपछि गोसावीले उनीसँग एउटा सेल्फी लिएका थिए । यो सेल्फी सामाजिक संजालमा भाइरल भएको थियो ।

गोसावीविरुद्ध २०१८ को धोखाधडी केसमा पुणे पुलिसले लुकआउट सर्कुलर जारी गरेको थियो । मुम्बइ ड्रग्स केसमै अर्का उक स्वतन्त्र गवाह प्रधाकर साइलले गोसावीविरुद्ध २५ करोड रुपैयाँ फिरौती मागेको आरोप लगाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *