विश्वकपमा ‘कमजोर’ नामिबियाको घातक ओभर, ब्याट्सम्यान आउँथे, आउट हुन्थे, फर्किन्थे
काठमाडौं। विश्वकपमा बुधबार खेलिएको नामिबिया र स्कटल्याण्डबीचको खेलमा नामिबियाका तीब्र गतिका बलर रुबेन ट्रम्पलम्यानले घातक बलिङ गर्दै वहिलो ओभरमै तीन विकेट लिएयसअघि श्रीलंकाका एन्जेलो म्याथ्युजले २००९ को टि–२० विश्वकपमा वेष्ट इण्डिजविरुद्ध यसैगरी पहिलो ओभरमै ३ विकेट लिएका थिए । आइसीसीले ट्रम्पलम्यानको यो बलिङको भिडियो शेयर गरेको छ । आइसीसीले यो ओभरलाई टि–२० विश्वकपको कुनै पनि खेलको सबैभन्दा सनसनीखेज ओभर भनेको छ ।
नामिबियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । ट्रम्पलम्यान पहिलो ओभर बलिङ गर्न आए । उनले जर्ज मुन्से (०) लाई पहिलो बलमै आउट गरे । त्यसपछि तेस्रो बलमा क्यालम म्याकल्योडलाई पनि शुन्यमा आउट गरे । उनले लगत्तै अर्को बलमा पनि रिची बेरिंगटनलाई एलबीडब्लु आउट गरे । रिचीले पनि खाता खोल्न सकेनन् ।
यो ओभरमा ट्रम्पलम्यानले केवल २ रन दिए । त्यो २ रन पनि ब्याटरले बनाएको नभइ वाइड थियो । सुरुवातमै यस्तो झट्का लागेपछि पूरै खेलमा स्कटल्याण्ड उड्न सकेन । उसले २० ओभरमा १०९ रन मात्र बनाउन सक्यो । जवाफमा नामिबियाले १९.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य हासिल गर्यो । जेजे स्मिटले छक्का हानेर टिमलाई जीत दिलाए । रुबेन ट्रम्पलम्यान म्यान अफ द म्याच घोषित भए ।







डिसी नेपाल








Facebook Comment