कोरोना खोप किन्नको लागि भारतले चीनको बैंकसँग २ अर्ब डलर ऋण माग्यो

डिसी नेपाल
११ कार्तिक २०७८ १६:२२
1.4k
Shares

काठमाडौं। कोरोना खोप किन्नको लागि भारतले २ अर्ब डलर ऋण मागेको छ । भारतले यो ऋणको लागि चीनको इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (एआइआइबी) र एसियाली विकास बैंक (एडिबी) सँग आवेदन गरेको हो । एआइआइबीका उपाध्यक्ष डि.जे पांडियनले मंगलबार बताएअनुसार २ अर्ब डलरको यो ऋणमा मनिलास्थित एसियाली विकास बैंकले १.५ बिलियन डलर र इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकले ५०० मिलियन डलर सहयोग गर्नेछन् ।

हिन्दूस्तान टाइम्सको एक रिपोर्टअनुसार पांडियनले भारतले यो ऋणका लागि ३ महिना पहिले आवेदन दिएको थियो । यो पैसाबाट कोभिड–१० को ६६७ मिलियन डोज खोप किनिनेछ । उनका अनुसार भारत सरकारले एक प्रतिस्पर्धी प्रक्रिया अन्तर्गत खोप किन्नेछ । एसियाली विकास बैंकले यो खरिद प्रक्रियाको एपीभ्याक्स अन्तर्गत निगरानी गर्नेछ ।

एआइआइबीले भारतलाई कैयौं परियोजनामा सहयोग गर्नुका साथै कोभिड–१९ राहत बजेट सहायताको लागि १.७५ बिलियन डलर समेत दिएको छ । पांडियनका अनुसार चीनपछि एआइआइबीको सबैभन्दा धेरै शेयर भारतमा छ । बैंकले अहिलेसम्म २८.९ बिलियन डलरको १४७ परिष्योजनालाई स्वीकृति दिएको छ । यसका साथै भारत २८ परियोजनाको लागि ६.७ बिलियन डलर पाउने सबैभन्दा ठूलो लाभार्थी बनेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *