नेपालको विकासमा भारतको साथ र सहयोग रहने

डिसी नेपाल
११ कार्तिक २०७८ १९:४२
44
Shares

काठमाडौं।नेपालको विकास प्रयासमा भारत सरकारको निरन्तर साथ र सहयोग प्राप्त हुने विश्वास सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले व्यक्त गरेका छन् ।

उनले भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित विकास आयोजनाहरूको सहज कार्यान्वयनमा भारतबाट निरन्तर सहयोग हुने विश्वास व्यक्त गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रासँग आज आफ्नै कार्यकक्षमा भएको भेटमा नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्ध सदैव सुमधुर रहने विश्वास व्यक्त गर्दै मन्त्री कार्कीले नेपालको विकासका मुद्दा, द्विपक्षीय आर्थिक सहयोग, व्यापार एवं लगानी अभिवृद्धिमा भारत सरकारबाट सहकार्य भएकामा कृतज्ञता ज्ञापन गरे।

शिष्टाचार भेटमा राजदूत क्वात्राले नेपालको दूरसञ्चार क्षेत्रमा नवप्रविधिको विकास र आवश्यक लगानी भित्र्याउन सहजकर्ताको भूमिका निर्वाह गर्न आफू प्रतिबद्ध रहेको बताउँदै दुई देशबीच जनस्तरमा रहेको सुमधुर सम्बन्धलाई थप प्रगाढ तुल्याउन सक्रियतापूर्वक लाग्ने दृढता पनि व्यक्त गरे ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.