१९ न्यायाधीश भन्छन्- आइतबारबाट बन्दीका मुद्दा हेर्छौैं, अरु हेरिन्न

डिसी नेपाल
१२ कार्तिक २०७८ १७:२७
136
Shares

काठमाडौं । प्रधानन्यायाधीशविरुद्ध आन्दोलन गरिरहेका सर्वोच्च अदालतका १९ जना न्यायाधीशले आइतबारबाट बन्दीप्रत्यक्षीकरणका मुद्दा सुनुवाई गर्ने भएका छन् ।

प्रधानन्यायाधीशको वर्हिगमन माग गर्दै चार दिनदेखि अघोषित इजलास बहिष्कार गरिरहेका न्यायाधीशहरू चौतर्फी दबाबपछि आइतबारबाट बन्दीका मुद्दा हेर्न भने सहमत भएका छन् ।

न्यायाधीश इश्वर खतिवडा र सपना प्रधान मल्लसँग आइतबार बिहानै सल्लाह गरेपछि बन्दीका मुद्दा भने सुनुवाइ गर्ने सहमति बनेको एक न्यायाधीशले न्युज कारखानालाई बताए ।

उनका अनुसार हालसम्म प्रधानन्यायाधीशबाहेक सबै न्यायाधीश एक ठाउँमा भएकाले आफुहरूले उठाउँदै आएका विषय सम्बोधन नभए ९प्रधानन्यायाधीशले मार्गप्रसस्त नगरे०सम्म बन्दीका बाहेक अन्य मुद्दा भने इजलासमा बसेर सुनवाइ नगर्ने बताएका छन् ।

‘चौथो दिनपनि थप सल्लाह गर्ने सहमति भयो कि के भयो श्रीमान रु’ भन्ने न्युज कारखानाको टेलिफोन जिज्ञासामा ती न्यायाधीशले भने, ‘हाहाहा, हामीले आज पनि हाम्रा छलफलका विषयलाई हेर्दाहेर्दैमा राखेका छौं, तर आइतबारबाट बिदामा रहनुभएका दुई जना न्यायाधीशसँग छलफल गरेपछि बन्दीका मुद्दा भने सुनुवाइ गर्छौँ। अन्य मुद्दा हेरिन्न ।’

बन्दीप्रत्यक्षीकरणका मुद्दासमेत नहेरेको भन्दै केही अधिवक्ता रिट दर्ता गर्न सर्वोच्च अदालत पुगेपछि दबाबमा परेका न्यायाधीश बन्दीका मुद्दा हेर्न तयार भएका हुन् ।

न्यायाधीशको यो सहमतिलगत्तै नेपाल बार एसोसिएसनको बैठकले बहसमा फर्कने तर प्रधानन्यायाधीशको इजलास भने बहिष्कार गर्ने निर्णय गरेको छ ।

बन्दीप्रत्यक्षीकरणको समेत मुद्दा सुनुवाइ नगरेर न्यायाधीहरूले न्यायको हक हनन गरेको भन्दै १९ जना न्यायाधीशविरुद्ध केही अधिवक्ता रिट लिएर सर्वोच्च अदालत पुगेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.