लिम्पियाधुरामा जनगणनाको माग गर्दै विप्लव कार्यकर्ताद्वारा जनगणना कार्यालयमा तालाबन्दी

डिसी नेपाल
१२ कार्तिक २०७८ १७:३६
32
Shares

काठमाडौँ। भारतले अतिक्रमण गरेको दार्चुलाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रका गाउँहरूमा समेत जनगणना गर्नुपर्ने माग गर्दै नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताले जनगणना कार्यालय दार्चुलामा शुक्रबार तालाबन्दी गरेका छन् ।

शुक्रबार दिउँसो १ बजेतिर कार्यालयमा पुगेका तीन जना कार्यकर्ताले तालाबन्दी गरेको हुन् । तालाबन्दी गरेपछि प्रशासन र प्रहरीलाई जानकारी गराएको जिल्ला जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले जानकारी दिए । प्रहरी टोली जनगणना कार्यालयमा गएर केहीँ छिनमै ताला तोडेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पुस्कर सिंह ऐरीले जानकारी दिए । तालाबन्दी गर्ने व्यक्तिहरूको खोजी भइरहेको उनको भनाइ छ ।

तालाबन्दीपछि नेपाल कम्युनिष्ट पार्टी विप्लव दार्चुलाका सचिव भरत मल्लले विज्ञप्ती जारी गरि नयाँ नक्सामा समेटिएको भु–भागमा जनगणना गर्न छुटाए अझै कडा संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् । भारतले अतिक्रमण गरेको उक्त क्षेत्रका गाउँहरू गुञ्जी, नाभी र कुटीमा नेपालको प्रशासनिक अधिकार कायम नभएसम्म जनगणना गर्न सकिने अवस्था नरहेको जनगणना कार्यालय दार्चुलाका प्रमुख पाण्डेको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.