लागूऔषधसहित दुई जना पक्राउ

डिसी नेपाल
१२ कार्तिक २०७८ १९:३३
32
Shares

काठमाडौं ।पर्सा प्रहरीले लागूऔषधसहित दुई जनालाई आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका १३ बस्ने २२ वर्षीय आमस विक र पर्साको वीरगन्ज महानगरपालिका १५ भिस्वाका २४ वर्षीय शेखरकुमार सिंह छन् । भारतबाट ना५०प ४९०१ नम्बरको स्कुटरमा नेपालतर्फ आउँदै गरेका उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ड्राइपोर्टबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध तथा स्कुटरसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।पर्साको वीरगन्ज महानगरपालिका २५ सिर्सिया सीमा क्षेत्रबाट कात्तिक ११ गते सशस्त्र प्रहरीले १ सय २० वटा नाइट्रोभेट ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.