चिनियाँ राष्ट्रपति र वेलायती प्रधानमन्त्रीबीच फोनवार्ता
काठमाडौं ।वेलायतका प्रधानमन्त्री बोरिस जोनसोन र चिनियाँ राष्ट्रपति सि चिन पिङबीच कुराकानी भएको छ ।
आसन्न कोप–२६ को पूर्वसन्ध्यामा दुई प्रभावशाली मुलुकका शीर्ष नेताहरू बीचमा टेलिफोनमा कुराकानी भएको हो । उनीहरूबीचमा जलवायु परिवर्तन र त्यसका असरहरू न्युनिकरण गर्न ठोस कदम चाल्नु पर्ने विषयमा कुराकानी भएको जनाइएको छ ।
विश्व व्यापार तथा आर्थिक सहकार्य, सुरक्षा, मानव अधिकारलगायतका विषयमा पनि दुई शीर्ष नेताले छलफल गर्नु भएको थियो । प्रधानमन्त्री जोनसोनको सचिवालयद्वारा जारी वक्तव्यमा चिनियाँ राष्ट्रपति सम्मेलनमा भौतिक रुपमा सहभागी नहुने भएकाले उनीहरुका बीचमा फोनमा कुराकानी भएको उल्लेख गरिएको छ ।
वेलायतकै आयोजनामा आगामी आइतवारदेखि ग्लासगोमा दुई हप्ते शिखर सम्मेलन हुन लागेको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment