प्रधानन्यायाधीशबाट नै सर्वोच्चमा सबै भन्दा बढी खतरा छ : बरिष्ठ अधिवक्ता त्रिपाठी (भिडियोसहित)
काठमाडौं । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा सबै भन्दा बढी खतरा प्रधानन्यायाधीशबाट नै रहेको बताएका छन्। डिसी नेपालको द ब्रिज टकमा कुरा गर्दै अधिवक्ता त्रिपाठीले न्यायपालिकाको स्वच्छ र पारदर्शी बनाउँनका लागि प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले राजीनामा दिनु पर्ने बताए।
संवैधानिक परिषदमा पनि प्रधानन्यायाधीशले भाग खाजेको उनले बताए। उनले भने, ‘सभामुख र प्रमुख प्रतिपक्षीको अनुपस्थित भएको संवैधानिक परिषदको बैठकमा गएर उहाँले आफ्ना मान्छेलाई नियुक्ति दिलाउनु भयो। यदि भाग हुन्थेन भने सभामुख लगायत केही परिषद्का सदस्य नभएको बैठकमा गएर हस्ताक्षर कसरी गर्नु भयो?’
प्रधानन्यायाधीशले पेसी तोक्दा पनि सेटिङ र भ्रष्टाचार गरेको अधिवक्ता त्रिपाठीको तर्क थियो। उनले भने, ‘उहाँको पेसी तोक्ने तरिका अत्यन्त अपारदर्शी छ। त्यहाँबाट भ्रष्टाचारको गन्ध आउँछ। सेटिङको गन्ध आउँछ। संवेदनशील मुद्दाहरु जुनियर न्यायाधीशको बेन्चमा राखिनुमा पनि उहाँको सेटिङ देखिन्छ।’
उनले प्रधानन्यायाधीशले नैतिकता गुमाएको बताएका छन्। उनले भने, ‘ न्यायपालिकाको गरिमालाई उच्च राख्नका लागि हरेक न्यायाधीशले सोच्नु पर्छ। त्यो उहाँले सोच्नु भएन। उहाँले त्यसरी सोचेको भए राजीनामा दिनु हुन्थ्यो।’
‘उहाँको मान्छे मन्त्री नियुक्त हुदै हुनुहुन्छ भन्ने हल्ला होला भन्ने सोचेको थिएँ। पछि सोही व्यक्ति मन्त्रीमा नियुक्त हुनु भयो। त्यो उहाँले भाग नखोजेको भए कसरी हुन्थ्यो।’ अधिवक्ता त्रिपाठीले भने।
उनले भने, ‘प्रधानन्यायाधीशको गैह्र न्यायिक आचरण देखिएको छ। संवैधानिक निकायमा आफ्ना धेरै मान्छे घुसाएका छन्। न्यायालयमा समस्या थियो अहिले संकट आयो।’







डिसी नेपाल







Facebook Comment