शाहरुख खान छोरालाई लिन जेलबाहिर पुगे

डिसी नेपाल
१३ कार्तिक २०७८ १०:५३
3.0k
Shares

काठमाडौं। करिब ४ हप्तापछि बलिउड स्टार शाहरुख खानका छोरा आर्यन खान मुम्बइको जेलबाट आज केही बेरमा रिहा हुँदेछन् । बिहीबार २३ वर्षीय आर्यनलाई बाम्बे हाइकोर्टले क्रुज ड्रग्स मामिलामा जमानत दिएको थियो । तर, थप एक रात उनले जेलमा बिताउनु परेको थियो । शाहरुख खान छोरालाई लिन मुम्बइको आर्थर रोड जेल पुगेका छन् ।

जमानतका दस्तावेज समयमा जेल नपुगेका कारण आर्यन शुक्रबार छुट्न सकेका थिउनन् । शनिबार बिहान शाहरुख मन्नतबाट आर्थन रोड जेल गएका हुन् । शुक्रबार आर्यनका वकिलले बेलुकी साढे ५ बजेसम्म जमानतका दस्तावेज बुझाउन नसक्दा आर्यन रिहा हुन सकेका थिएनन् ।

आर्यनको लागि अदालतमा मोदी सरकारका महान्यायाधीवक्ता रहिसकेका मुकुल रोहतगीले दलील पेश गरेका थिए । अभिनेत्री जुही चावलाले एक लाख रुपैयाँको बेल बोन्डमा हस्ताक्षर गरेकी थिइन् । जुही चावला शाहरुखका सुरुवाती फिल्मकी सहकलाकार हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *