छुटे आर्यन खान, पुगे मन्नत

डिसी नेपाल
१३ कार्तिक २०७८ १२:३१
840
Shares

काठमाडौं । अन्ततः शाहरुख खानका छोरा आर्यन खान जेलबाट छुटेका छन्। गत २ अक्टोबरमा आर्यनसहित आठ जनालाई मुम्बईस्थित नार्कोटिक्स कन्ट्रोल ब्युरोले पक्राउ गरेर कारबाही गरेको थियो।

आर्यनलाई पार्टीका लागि तयार एक क्रुज सिपबाट पक्राउ गरिएको हो। उनको साथमा ड्रग्स नभेटिएको र उनले सेवन नगरेको भनिए पनि उनको दुईपटक जमानत रद्द गरिएको थियो। यद्यपि उनलाई सशर्त हार्ई कोर्टले रिहा गर्ने आदेश दिएको छ। मुम्बईस्थित आर्थर रोड जेलमा रहेका आर्यनलाई लिन उनका पिता शाहरुख नै पुगेका थिए।

आर्यनलाई १४ सर्तसहित रिहा

१. एक लाख बराबर जमानतको लागि बोन्ड ।
२. सम्पूर्ण रिहा गरिएको निवेदक वा आरोपी फेरि त्यस्तै प्रकृतिको आरोपमा पक्राउ पर्न नहुने ।
३. निवेदक वा आरोपीले एक आपसमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुराकानी गर्न नपाउने । यस मुद्दालाई लिएर साथीभाइसँग पनि कुराकानी गर्न नपाइने ।
४. कोर्टमा चलिरहेको मुद्दामा कुनै पनि प्रकारको कारबाही गरिने छैन । त्यसमा निवेदक वा आरोपीले अन्य प्रावधानमार्फत कुनै कारबाही गर्न पाउने छैन ।
५. निवेदक वा आरोपी कसैले पनि विट्नेस वा प्रमाणसँग कुनै प्रकारको छेडछाड वा सम्बन्ध स्थापित गर्न पाउने छैनन् ।
६. स्पेसल कोर्टमा सम्पूर्ण निवेदक वा आरोपीले आफ्नो राहदानी जम्मा गराउनुपर्ने छ । उनीहरू देश छाडेर कतै जान पाउने छैनन् ।
७. निवेदक वा आरोपीले यस विषयमा सोसल मिडिया, मिडियालगायत कुनै पनि प्लेटफर्ममा कुराकानी गर्न पाउने छैनन् ।
८. निवेदक वा आरोपीले विदेश यात्रा गर्नु परेमा एनडिपी कोर्टका न्यायाधीशसँग स्वीकृति लिएर मात्र यात्रा गर्न पाउने छ ।
९. निवेदक वा आरोपीले मुम्बई बाहिर जानुपरेमा केस जाँच गरिरहेका अफिसरलाई सम्पूर्ण डिटेल जानकारी गराएर स्वीकृति पाएमा मात्र यात्रा गर्न पाउने छन् ।
१०. हरेक हप्ताको शुक्रबार निवेदक वा आरोपीले एनसीबी मुम्बईमा आएर आफ्नो हाजिरी दिनुपर्ने छ ।

११. आरोपी वा निवेदकले कोर्टमा पाउने तारिखमा अनिवार्य उपस्थिति जनाउनुपर्ने छ ।

१२. एनसीबीले जाँचका लागि बोलाएको समयमा अनिवार्य रूपमा निवेदक वा आरोपी उपस्थित हुनै पर्नेछ ।

१३. यस मुद्दामा हुनु सुनुवाइलाई कुनै पनि बहानामा आरोपी वा निवेदकले सार्न पाउने छैनन् ।

१४. आरोपी वा निवेदकले माथि उल्लेखित कुनै पनि बुँदालाई उल्लंघन गरेमामा एनसीबीले न्यायाधीशसमक्ष रिहाइ रद्दको लागि आग्रह गर्न सक्ने छन् ।

त्रासमा बलिउड

आर्यनलाई एनसीबीले पक्राउ गरेपछि ह्वाटएप्समा बलिउड अभिनेत्री अनन्या पाण्डेसँग भएको कुराकानीका आधारमा एनसीबीले घरमा छापा मारेर ल्यापटप र मोबाइल सिज गरेर बयानसमेत लिएको थियो । गत वर्ष कोरोनाभाइरसको महामारी केही समान्य हुँदै गर्दा बलिउड अभिनेता सुशान्तसिंह राजपूतको मृत्युसँग जोडिएर अगाडि आएको ड्रग्स केसमा केही बलिउड सेलिब्रेटीलाई एनसीबीले बयानका लागि बोलाएको थियो । दीपिका पादुकोण, सारा अलि खानलगायत बलिउडका चिनिएका अनुहारलाई एनसीबीले बोलाएर सोधपुछ गरेको थियो।

केही समयअगाडि कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचियासमेत ड्रग्स केसमा परेका थिए । उनीहरूले आफूले ड्रग्स सेवन गर्ने गरेको बयानका क्रममा स्वीकारसमेत गरेका थिए । यद्यपि, उनीहरूलाई पनि कारबाही भएन । तर, पछिल्लो समय ड्रग्स केसमा जोडिएका आर्यनलाई एनसीबीले गरिरहेको कारबाहीले बलिउडमा त्रास फैलिएको छ । स्टारका छोराछोरी वा स्टार धेरै पार्टीमा पुग्ने गरेका छन् । उनीहरू पुगेको पार्टीमा कसैले ड्रग्स सेवन गरे, आफू पनि त ‘जेल’ पुग्नुपर्ने होइन ? भन्ने डर उनीहरूमा छ ।

केही बलिउडकर्मीले एनसीबीले बलिउडलाई टार्गेट गरिरहेको आरोपसमेत लगाएका छन् । पछिल्लो समय एनसीबीले बलिउडलाई टार्गेट गरेपछि बलिउडकर्मीहरूमा त्रास बढेको हो । बलिउडमा ड्रग्स कनेक्सनको खोजमा रहेको एनसीबीले लगातार आफ्नो कारवाही अगाडि बढाइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.