संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन निर्वाचनसम्मै जान्छः ऊर्जामन्त्री
काठमाडौं ।राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रप्ट्याएका छन्।
प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश (पत्रिका, रेडियो, टेलिभिजन र अनलाइन)को जिल्ला शाखाको पहिलो अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै उहाँले पाँच दलको गठबन्धनको बलबाटै प्रतिगामी प्रवृत्तिलाई परास्त गरिएको बताए।
“अझै प्रतिगामी षड्यन्त्रको अन्त्य भएको छैन, थप सचेत बन्नुपर्ने अवस्था छ”, उनले भने। जनता र अग्रगमनकारी शक्तिको सहयोगबाट प्रतिगमन पररास्त भएको उल्लेख गर्दै उनले गठबन्धनलाई आगामी निर्वाचनसम्म टिकाइराख्ने बताए । प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहालले नेपालको राजनीतिक परिवर्तनमा सञ्चार क्षेत्रको महत्वपूर्ण भएको उल्लेख गर्दै जनताको पक्षमा निर्वाध ढङ्गले कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे । अधिवेशनबाट समग्र पत्रिका, रेडियो, टेलिभिजन र अनलाइनको कार्यसमिति चयन भएको छ ।
पत्रिका शाखाको अध्यक्षमा अम्बिका पौडेल, रेडियोको अध्यक्षमा हरि दुलाल, टेलिभिजनको अध्यक्षमा रवीन्द्र पौडेल र अनलाइनको अध्यक्षमा सन्तोष भट्टराई निर्वाचित भएका छन्।







डिसी नेपाल







Facebook Comment