विश्वकपमा श्रीलंकाका वानिन्दु हसरंगाको ह्याट्रिक

डिसी नेपाल
१३ कार्तिक २०७८ १९:१४
1.2k
Shares

काठमाडौं। टि–२० विश्वकपमा श्रीलंकाका बलर वानिन्दु हसरंगा डिसिल्भाले ह्याट्रिक गरेका छन् । उनले श्रीलंकाविरुद्ध आज भएको खेलमा ह्याट्रिक गरेका हुन् । यससँगै उनी टि–२० विश्वकपमा ह्याट्रिक गर्ने तेस्रो र टि–२० अन्तर्राष्ट्रियमा ह्याट्रिक गर्ने २३ औं बलर बनेका छन् ।

श्रीलंकाले दिएको १४३ रनको लक्ष्य पच्छाइरहेको दक्षिण अफ्रिकाविरुद्ध हसरंगाले १५ औं ओभरको अन्तिम बलमा एइडन मारकरमलाई बोल्ड गरेका थिए । त्यसपछि १८ औं ओभरमा बलिङ गर्न आएका उनले पहिलो बलमा टेम्बा बाभुमालाई थ्रमुम निशंकाको हातबाट क्याच गराए भने अर्को बलमा ड्वेन प्रिटोरियसलाई भानुका राजापाक्षेको हातबाट क्याच आउट गराए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *