बैंकहरुले किसान र मजदुर वर्गको हित हुने खालका कार्यक्रम ल्याउनुपर्छ
फाइल
काठमाडौं ।जनताको जीवनस्तर उठाउन बैंकहरुले किसान र मजदुर वर्गको हित हुने खालका कार्यक्रम ल्याउनुपर्ने सभामुख अग्निप्रसाद सापकोटाले बताएका छन् ।
उनले सुखी नेपाली र समृद्ध नेपालको नारालाई सार्थक बनाउन आर्थिक विकास जरुरी भएको र त्यसका लागि सरकारको पूर्ण स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकको ठूलो जिम्मेवारी रहेको बताए ।
सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयको आज उद्घाटन गर्दै उनले जलवायु परिवर्तनले यस वर्ष पनि देशका विभिन्न भागमा प्राकृतिक प्रकोपबाट ठूलो जनधनको क्षति पुगेको चर्चा गर्दै सरकारले घोषणा गरेको राहत पीडित पक्षले अझैसम्म पनि पाउन नसकेको हुँदा तत्काल पुग्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment