बिहेको उत्सवमा संगीत बजाउँदा कम्तीमा १३ जनालाई गोली हानेर मारियो

डिसी नेपाल
१४ कार्तिक २०७८ ११:०९
2.7k
Shares

काठमाडौं। अफगानिस्तानमा कब्जा गरेपछि तालिबानको क्रुरता कम भएको छैन । तालिबानका लडाकुहरुले एक बिहेको उत्सवमा संगीत बजाएका कारण १३ जनालाई मारिदिएका छन् । घटना जांगरहार प्रान्तको हो । अफगानिस्तानका पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेहले सामाजिक संजालमार्फत घटनाको जानकारी दिएका छन् ।

अमरुल्लाह सालेहले ट्वीटरमा लेखेका छन् ‘तालिबानका लडाकुहरुले नांगरहार प्रान्तमा एक बिहेको पार्टीमा संगीत बजाएका कारण १३ जनाको हत्या गरिदिएका छन् । हामी केवल निन्दा गरेर आफ्नो क्रोध व्यक्त गर्न सक्दैनौं । २५ वर्षसम्म पाकिस्तानले उनीहरुलाई अफगान संस्कृति समाप्त पार्न र हाम्रो जमिनमा कब्जा गरेर आइएसआइको कट्टर शासन स्थापना गर्नको लागि प्रशिक्षण दियो । उनीहरुले अहिले आफ्नो काम गरिरहेका छन् ।’

सालेहले अगाडि लेखेका छन् ‘तालिबानको क्रुर शासन लामो समयसम्म चल्नेवाला छैन । दुर्भाग्यवश यो शासनको अन्त्यसम्म अफगानिस्तानका जनताले यसको मूल्य चुकाउनुपर्नेछ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *