चीनले एकैचोटी दुश्मनको बन्दरगाह नै ध्वस्त पारिदिने हतियार बनायो
काठमाडौं। चीनले आफ्नो समुद्री शक्तिमा विस्तार गर्दै यस्तो हतियार विकसित गरेको छ जसले एउटै हमलामा दुश्मनको पूरै बन्दरगाह ध्वस्त पार्न सक्छ । चीनले हालै पानीभित्र यो हतियारको प्रयोग गरेको छ जसले लक्षित बन्दरगाहलाई पूर्ण रुपमा ध्वस्त पारेको छ । चीनको सरकारी मिडियाले यो हतियार युद्धको स्थितिमा अमेरिकाविरुद्ध प्रयोग गर्न सकिने बताएको छ ।
बेइजिङको सेनाले शनिबार चीनमा एक अज्ञात स्थलमा डमी बन्दरगाहलाई नष्ट गर्नको लागि पानीभित्र यो हतियारको प्रयोग गरेको हो । प्रविधिको यो समयमा कुनै पनि संघर्षको स्थितिमा दुश्मनको आपूर्ति लाइन काट्नको लागि यो हतियारलाई खास गरी डिजाइन गरिएको हो । चीनका अनुसार पानीभित्र प्रयोग गरेर गुप्त हमलाबाट यो हतियारको प्रयोग गरेर अमेरिकी विमानवाहक जस्ता ठूला जहाजलाई पनि कमजोर गर्न सकिने बताएको छ ।
डेलीमेलको रिपोर्टअनुसार यो चिनियाँ सैन्य हतियारहरुको परीक्षणको एक नयाँ सिरिज हो जसमा गत हप्ता एक उपग्रहको प्रक्षेपण पनि गरिएको थियो । यो परीक्षणका कारण अमेरिकाले अन्य अन्तरिक्ष यानमाथि आक्रमण गर्ने चेतावनी दिएको छ । अमेरिका समेत कैयौं विश्लेषकलाई यो हाइपरसोनिक परमाणु हतियार भएको भन्ने लाग्छ ।
नयाँ परीक्षणबारे जानकारी दिँदै ग्लोबल टाइम्सले भनेको छ ‘पानीमुनि यो हतियारको प्रयोग गरेर शक्तिशाली विष्फोटको माध्यमबाट बन्दरगाहलाई पूर्ण रुपले ध्वस्त पार्न सकिन्छ ।’ रिपोर्टअनुसार परीक्षणमा डेटा संकलन गर्नको लागि सेन्सरको प्रयोग गरिएको थियो । यी डेटाको प्रयोग वास्तविक युद्धमा शत्रुतापूर्ण बन्दरगाहमा आक्रमणलाई सटिक बनाउनको लागि गरिनेछ ।
पानीभित्र आक्रमण गर्ने यो शक्ति प्रशान्त क्षेत्रमा अमेरिकाको बदलिएको रणनीतिको प्रतिक्रिया भएको चीनले बताएको छ । यो हतियार विकास भएसँगै यसको सम्भावित हमलाबाट बच्नको लागि अमेरिकाले आफ्नो सेनालाई एक स्थानमा केन्द्रित गर्नुको सट्टा साना स्थानबीच विभाजित गरिरहेको चीनले दावी गरेको छ ।







डिसी नेपाल







Facebook Comment