लोकतन्त्र संस्थागत गर्न संविधान संशोधन आवश्यक छः भट्टराई

डिसी नेपाल
१४ कार्तिक २०७८ १९:२०
32
Shares

काठमाडौं ।लोकतन्त्र संस्थागत गर्न संविधान संशोधन आवश्यक रहेको जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले बताएका छन् । पूर्वप्रधानमन्त्री भट्टराईले वर्तमान संविधानले सबै वर्ग, क्षेत्र, समुदाय र लिङ्गलाई समेट्न नसकेकाले संशोधन गरी सबैको सर्वस्वीकार्य बनाउनुपर्ने बताए।

सिरहाको गोलबजार नगरपालिका–९ डण्डाटोलमा जसपा सिरहाले आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सबै दलको संयुक्त प्रयासमा लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि सही लोकतन्त्र स्थापना हुन नसकेको टिप्पणी गरे । लोकतन्त्रमा सबै जातिभाषा, धर्म, समुदाय, लिङ्गको राज्यसत्तामा सामानुपातिक पहुँच हुनुपर्छ । राज्यको हरेक अङ्गमा सामानुपातिक प्रतिनिधित्वले मात्र हिमाल, पहाड, तराईलाई एकजुट भएर अगाडि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले संविधान संशोधन गरी नयाँ सङ्घीय व्यवस्था स्थापना गर्ने आफ्नो पार्टीको लक्ष्य रहेको जिकिर गरे।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.