जापानमा जोकरको पोसाकमा रेलभित्र चढेर अन्धाधुन्दा चक्कु प्रहार गर्दा १७ यात्रु घाईते

डिसी नेपाल
१५ कार्तिक २०७८ ८:४५
648
Shares

टोकियो । जापानमा जोकरको पोसाकमा सजिएका एक व्यक्तिले रेलभित्र यात्रुलाई अन्धाधुन्दा चक्कु आक्रमण गरेका छन्। चक्कु आक्रमणमा कम्तिमा १७ यात्रु घाइते भएका छन्। आक्रमणपछि आक्रमणकारीले बसभित्र तेल खन्याएर आगो लगाएका थिए।

आक्रमणपछि बसभित्र यात्रुहरुको भागदौड मच्चिएको थियो। आक्रमणकारी घटनास्थलमै पक्राउ परेका थिए। सामुहिक नरसंहार गर्न खोजेको आशंकामा उनीमाथि अनुसन्धान सुरु भएको छ।

चक्कु आक्रमणका एक घाइतेको अवस्था गम्भीर छ। कोयुरो स्टेशननजिकको रेलभित्र आक्रमण भएको टोकियो प्रहरीले जनाएको छ।

रेलमा आगो लाग्न थालेपछि तत्कालै अग्नि नियन्त्रक, प्रहरी अधिकारीले यात्रुहरुको उद्दार गरेका थिए। एक यात्रु शरिरमा लागेको आगोसहित रेलबाट बाहिर दौडिएका थिए।

आक्रमणकारीले प्याजी रंगको सुट र हरियो कमिज लगाएका थिए । सुरुमा उनी भलाद्मी बनेर एउटा खाली सिटमा बसेका थिए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *