अमेरिकन एयरलाइन्सका १७०० भन्दा धेरै उडान रद्द
काठमाडौं। अमेरिकन एयरलाइन्सले हलोविन विकेण्डको अवधिमा १७ सयभन्दा धेरै उडान रद्द गरेको छ । यीमध्ये आइतबार मात्र ८ सयभन्दा धेरै उडान रद्द भएका छन् । कम्पनीले मौसम र कर्मचारीको अभावका कारण यी उडान रद्द गरेको बताएको छ । डेढ वर्षअघि कोभिड–१९ महामारीका कारण ठूलो संख्यामा स्टाफ कटौती गरेका एयरलाइन्सहरुले अहिले उडान पुनः पहिलेकै अवस्थामा फर्किंदा स्टाफको कमीका कारण निकै संघर्ष गर्न परिरहेको छ ।
अमेरिकन एयरलाइन्सका अनुसार ३४३ उडान शुक्रबार रद्द भएका थिए । त्यसपछि शनिबार ५४८ उडान रद्द गरिए । रद्द गरिएका उडानमध्ये सबैभन्दा धेरै उडान एयरलाइन्सको मुख्य हब डल्लास र नर्थ क्यारोलिनाको चार्लोटबाट जाने वा त्यहाँ आउने उडान थिए । कम्पनीका अनुसार १८०० फ्लाइट अटेन्डेन्टहरु विदा पूरा गरेर नोभेम्बरमा मात्र फर्किंदैछन् । यसबाहेक उसले यो वर्षको अन्त्यसम्म ६०० थप फ्लाइट अटेन्डेन्ट भर्ती गर्दैछ ।







डिसी नेपाल







Facebook Comment