भारत बाहिरिने लगभग निश्चित भएपछि पाकिस्तानी पूर्वकप्तान शाहीद आफ्रिदीको यस्तो ट्वीट
काठमाडौं। टि–२० विश्वकपमा भारतले लगातार दोस्रो खेल हारेको छ । आइतबार दुबइमा भएको खेलमा न्यूजिल्याण्डले भारतलाई ८ विकेटले हरायो । यो हारसँगै भारतले अब सेमिफाइनलमा स्थान बनाउनु लगभग असम्भव जस्तै भएको छ ।
यसअघि भारतलाई पहिलो खेलमा पाकिस्तानले १० विकेटले हराएको थियो । अब न्यूजिल्याण्डसँग पनि भारतले हारेपछि पाकिस्तानका पूर्व कप्तान शाहीद आफ्रिदीले यस विषयमा बयान दिएका छन् । आफ्रिदीले भारतसँग अझै पनि सेमिफाइनलमा पुग्ने थोरै आशा बाँकी भए पनि त्यो आशा वास्तविकतामा परिणत हुन चमत्कार नै हुनुपर्ने बताएका छन् ।
India still have an outside chance of qualifying for semis but with how they have played their two big games in the event, it will be nothing but a miracle to see them qualify. @T20WorldCup
— Shahid Afridi (@SAfridiOfficial) October 31, 2021
शाहीद आफ्रिदीले ट्वीट गर्दै भनेका छन् ‘भारतसँग अझै पनि सेमिफाइनलमा स्थान बनाउने थोरै मौका छ तर आफ्ना २ ठूला खेलहरुमा उसले जस्तो किसिमको प्रदर्शन गरेको छ, उनीहरु क्वालिफाइ गर्नु कुनै चमत्कार भन्दा कम हुने छैन ।’







डिसी नेपाल







Facebook Comment