टिभिएसको रेडरका लागि बुकिङ खुल्ला

डिसी नेपाल
१५ कार्तिक २०७८ १८:१४
104
Shares

काठमाडौं । मोटरसाइकलका पारखी राइडरर्सका लागि नेपाली बजारमा टिभिएस रेडरको बुकिङ खुल्ला भएको छ। शंकर ग्रुपअन्तरर्गतको जगदम्बा मोटर्सले नेपाली मोटरसाइकल पारखी युवाहरुलाई लक्षित गर्दै १ सय २५ सीसी सेग्मेन्ट अन्तर्गतको नयाँ फिचर्सले सूसज्जित टिभिएस रेडर सार्वजनिक गरेको हो।

कम्पनीको इन्टरनेशनल बिजनेसका अध्यक्ष आर दिलीपले भने, ‘हाम्रा ग्राहकहरूका लागि हामीले निरन्तर रूपमा उत्कृष्ट सुविधाहरू र प्रविधिसहितका उत्पादनहरू प्रस्तुत गरेका छौं। नयाँ जमानाका ग्राहकहरूको उत्साह र आकांक्षामा, हामीले नेपालमा १२५ सीसी टिभिएस राइडर लन्च गर्दैछौं।’

टिभिएस कम्पनीले नेपाल सधैँ प्रमुख बजार भएको र यहाँका युवाहरूका लागि नयाँ प्रस्ताव ल्याउन पाउँदा मलाई अत्यन्तै खुशी भएको बताएको छ।

सार्वजनिक नयाँ स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभीआई–टच स्टार्ट, एनिमलिस्टिक एलईडी हेड ल्याम्प र यो श्रेणीमै पहिलो पटक अन्डर सिट स्टोरेज सुविधापनि उपलब्ध गरिएको छ। यस्तै कम्पनीका अनुसार यूएसबी चार्जर र हेलमेट रिमाइन्डर पनि राखिएको छ।

यसमा रहेको बलियो र कलात्मक ट्यांकले टीभीएस रेडरलाई दरिलो मस्कुलर लुक्स प्रदान गरेको छ। साथै यो दैनिक राइडका लागि स्पोर्टी, कम्प्याक्ट र फुर्तिलो पनि छ। टीभीएस रेडरमा सिग्नेचर डिजाइन तत्वका रुपमा समाहित विशिष्ट हेडल्याम्प र टेल ल्याम्पले पृथकता प्रदान गर्नुका साथै पर्याप्त भिजिबिलिटी पनि प्रदान गर्छ।

टीभीएस रेडरमा १२४.८ सीसी एयर तथा आयल कुल्डअत्याधुनिक थ्रीभी ईञ्जिनको प्रयोग गरिएको कम्पनीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। यसले ६ हजार पाँच सय आरपीएममा ११.५ एनएम टर्क र आठ हजार आरपीएममा १२.९ पीएस अधिकतम शक्ति उत्सर्जन गर्ने क्षमता राख्ने पनि कम्पनीले जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.