देश विकासका लागि भ्रष्टाचार रोक्नुपर्नेः डा सिके राउत

डिसी नेपाल
१५ कार्तिक २०७८ २१:२४
28
Shares

काठमाडौं।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सिके राउतले देशको विकास र सुशासनका लागि विभिन्न निकायमा भइरहेको भ्रष्टाचार तत्काल रोक्नुपर्ने बताएका छन् ।

सप्तरीको कञ्चनरुप नगरपालिका–३ स्थित बरमझियामा आज जनमत पार्टी नगरसमिति कञ्चनरुपद्वारा आयोजित आमसभामा उनले देशको विकास र समृद्धिमा प्रमुख बाधक भ्रष्टाचार नै रहेको भन्दै यसलाई नियन्त्रण गनुपर्नेमा उनले जोड दिए । उनले देशको विकास र सुशासनका लागि जनमत पार्टी स्थापना गरेको बताए ।

कार्यक्रममा जनमत पार्टीका उपाध्यक्ष मो.अब्दुल खानले मधेसी जनताको अधिकार प्राप्त गर्न अगामी निर्वाचनमा जनमत पार्टीका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । पार्टीका कञ्चनरुप नगर समितिका अध्यक्ष अनिल पञ्जियारको अध्यक्षतामा सो कार्यक्रम भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.