एमाले प्रतिस्पर्धा गर्न तयारः महासचिव पोखरेल

डिसी नेपाल
१५ कार्तिक २०७८ २१:५७
32
Shares

काठमाडौं।नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले आगामी निर्वाचनामा आफ्नो पार्टीले एक्लै वा गठबन्धन बनाएर आउने शक्तिसँग प्रतिस्पर्धा गर्न तत्पर रहेको बताएका छन् ।

काठमाडौँ क्षेत्र नं ५ का पार्टी निकटका जनप्रतिनिधि तथा पालिकाका नेता–कार्यकर्तासँग आज आयोजित कार्यक्रममा महासचिव पोखरेलले एमालेसँग स्पष्ट सोच भएकाले जनताले फेरि पनि एमालेलाई जिताउने विश्वास व्यक्त गरे । उनले सरकारले अघिल्लो सरकारले अघि सारेका रणनीतिक महत्वका सडक आयोजनाहरुको बजेट कटौती गरेर विकासविरोधी चरित्र देखाएको आरोप पनि लगाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.