प्रधानन्यायाधीश प्रकरण : बन्दीका मुद्दा फेरि हेरेनन् न्यायाधीशले

डिसी नेपाल
१६ कार्तिक २०७८ १४:५६
76
Shares

काठमाडौं। बन्दीप्रत्यक्षीकरणको मुद्दा सुनुवाई गर्ने बताएका सर्वोच्च अदालतका न्यायाधीशहरुले २४ घन्टा नबित्दै प्रतिवद्धता तोडेका छन्। प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै अघोषित इजलास बहिष्कार गरिरहेका न्यायाधीश र प्रधानन्यायाधीशबीच बन्दीका मुद्धा सुनुवाइ गर्ने सहमति बनेको थियो।

प्रधानन्यायाधीशले आफूलाई मुद्दा नतोक्ने, बन्दी बाहेकका मुद्दाको पेसी नराख्ने सहमति भएपछि हिजो न्यायाधीशहरुले बन्दीका निवेदनमा सुनुवाइ गरेका थिए। तर आज भने उनीहरुले हिजोकै जस्तो प्रकृतिका मुद्दामा सहभागिता जनाएनन्।

एक न्यायाधीशका अनुसार न्यायाधीशहरुको आन्तरिक छलफल र प्रधानन्यायाधीशको अडानका कारण इजलासमा नजाने निर्णय भएको हो।

जबराले आफूबाहेक आजका लागि ६ वटा इजलास गठन गर्दै १० वटा बन्दीका रिट सुनुवाईका लागि पेसी तोकेका थिए। मुद्दा सुनुवाइ रोकेर थप रणनीति बनाउन न्यायाधीशहरु अहिले आन्तरिक छलफलमा जुटेका छन्। प्रधानन्याधीशको भूमिकाप्रति असन्तुष्ट हुँदै मुद्दा छाडेर छलफलमा जुटेकाे एक न्यायाधीशले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.