टी–विश्वकपः आज भारत र अफगानिस्तान भिड्दै

डिसी नेपाल
१७ कार्तिक २०७८ १०:५३
196
Shares

काठमाडौं। दुवहीमा जारी आइसीसी टी–विश्वकप क्रिकेटमा आज भारत र अफगानिस्तान भिड्दैछ। दुवहीको अबुधावी अन्र्तराष्ट्रिय क्रिकेट रंगशालामा हुने यो खेलमा भारतले जित्नै पर्ने दबाव रहेको छ। यसअघिको दुई खेलमा पाकिस्तान र न्यूजिल्यान्ड संग पराजय भएको भारत सेमिफाइनलको यात्रा कायमै राख्न आजको खेल जित्नै पर्ने दबावमा रहेको छ।

अघिल्लो दुई खेलमा ठूलो मतान्तरले पराजय भएको भारत समूहको पाँचौ स्थानमा रहेको छ।त्यसैले भारतले बाँकी हुने सबै समूह चरणको खेल जितेपनि सेमिफाइनलको यात्रा कायम रहनको लागि अन्य टिमको नतिजामा पनि भर पर्नु पर्ने रहेको छ। त्यसैले भारतको लागि आजको खेल निकै महँगो रहेको छ।
समूह ‘बी’ मा रहेको यो टिम आज दुबै टिम खेल जितेर सेमिफाइनल यात्रा सहज बनाउन चाहन्छ।

अफगानिस्तानले ३ खेलमा २ मा विजयी र एक खेलमा पराजय हुँदै समूहको दोस्रो स्थानमा रहेको छ। यो खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सूरु हुनेछ । बुधबारनै हुने पहिलो खेलमा पौने ४ बजे न्युजिल्याण्ड र स्कटल्याण्ड पनि भिड्दैछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *